काठमाडौं । नेपाल प्रहरीका १२ प्रहरी उपरीक्षक (एसपी) काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार १२ प्रहरी उपरीक्षक एसपीलाई काजमा सरुवा गरिएको हो ।
मुकेश कुमार सिंह मकावनपुरमा काज सरुवा भएका छन् भने गोपाल चन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरागणमा सरुवा भएका छन् यसअघि उनी कञ्चनपुरमा थिए ।
यसैगरी दिनेशराज मैनाली जिल्ला प्रहरी कार्यालय झापा, कृष्णहरी शर्मा बागलुङ, योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, दीपक खरेल एक नम्बर गण महाराजगञ्ज सरुवा भएका छन् । महाराजगञ्ज सरुवा भएका खरेल विशेष ब्यूरोमा कार्यरत थिए ।
यसअघि रौतहट प्रहरी प्रमुख रहेका केदार ढकाल महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् ।
कञ्चनपुर प्रहरी प्रमुख दिनेश आचार्य, भूपेन्द्र खत्री रौतहट, दीपक रेग्मी प्रहरी प्रशिक्षण प्रतिष्ठान, ध्रवराज राउत दंगा नियन्त्रण गण हेटौंडामा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया