प्रस्तावित विद्युत विधेयक समुदायको हितमा नभएको पूर्वमन्त्री ज्ञवालीको आरोप

लोकपथ
21
Shares

काठमाडौं । पूर्व उर्जा जलस्रोत तथा सिचाई मन्त्री दिपक ज्ञवालीले, प्रस्तावित विद्युत विधेयक समुदायको हितमा नरहेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सामुदायीक विद्युत उपभोक्ता महासंघ नेपालको १९औं स्थापना दिवसमा उनले विधेयकमा सामुदायीक विद्युत मास्ने प्रावधान राखिएको उनको आरोप छ ।

उनले भने ‘प्रस्तावित विद्युत ऐनको ड्राफ्ट यस्तो खत्तम छ, कुन दिन पास हुने हो कि भन्ने डर छ । त्यो विद्युत ऐनले सबै सामुदायीक विद्युतहरु मासेर लान्छ । त्यसैले त्यो विद्येयक आयो भने सभामुख ज्युलाई मेरो रिक्वेस्ट छ एकचोटी सरोकारवाला समुदायले छलफल नगरी त्यसलाई पास गर्ने काम नहोस । ’

उनले विद्युतको क्षेत्रमा विद्युत प्रसारको कुरामा सरकारी उद्देश्य भनेको बक्ती बाल्नु मात्र भएको बताएका छन् ।
अहिले समस्या भनेको बक्ती बाल्नु नभई औधोकिकरणका लागि हो ताकी हरेक व्यक्तिले गाउँमै बसेर रोजगारी गर्न सकुन भन्नको लागि भएको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?