निर्मलको कीर्तिमानी तोड्दै क्रिस्टिन र तेन्जेनले आरोहण गरे माउन्ट केटू

लोकपथ
0
Shares

काठमाडौं । नर्वेजियन नागरिक क्रिस्टिन हरिला र तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो माउन्ट केटू हिमालको सफल आरोहण गरेका छन् ।

यसअघि नेपाली पर्वतारोही निर्मल पुर्जाको विश्व कीर्तिमानी तोड्दै क्रिस्टिन र तेन्जेन शेर्पाले नयाँ रेकर्ड बनाएका हुन् ।

पाकिस्तानमा रहेको ८,६११ मिटर उचाइको माउन्ट केटू क्रिस्टिन, तेन्जेन र शेर्पा गाइड मिङ्तेम्बा शेर्पाले बिहीबार बिहान १०ः४५ बजे सफल आरोहण गरेका हुन् ।

उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिना एक दिनमा सफल आरोहण गरेका छन् । क्रिस्टिनले १४ वटै हिमालहरु शेर्पा गाइड तेन्जेन शेर्पासँगै नै आरोहण गरेकी हुन् ।

हरिला र तेन्जेनले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल तीन महिनामै आरोहण गरेका हुन् ।

यसअघि, पुर्जाले सात महिनाभन्दा कम समयमै आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु सफल आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?