काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)को भातृ संगठन रक्तिम सांस्कृतिक अभियान स्थगित भएको छ ।
आज (बुधवार)देखि पोखरामा हुने भनिएको चौथो सांस्कृतिक सम्मेलन स्थगित भएको हो ।
मसालले रक्तिमका अध्यक्षसमेत रहेका जीवन शर्मालाई कारबाही गरेसँगै सांस्कृतिक अभियान स्थगित भएको हो ।
मसालले पार्टी हितविपरीत स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रमहरुमा गीत गाएको आरोप लगाउँदै शर्मालाई निलम्बन गरेको थियो ।
रक्तिमले व्यावहारिक तथा परिस्थितिजन्य कारण देखाउँदै निर्धाति सम्मेलन स्थगित गरेको हो ।
व्यावहारिक तथा परिस्थितिजन्य बाध्यताले आजदेखि शुरु हुने सम्मेलन स्थगन गर्नुपरेको रक्तिम अभियानका महासचिव नारायण योगीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया