स्वकीय सचिवका लागि तोसिमाले जारी गरिन् सूचना, लिखित परीक्षा समेत लिइने

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वकीय सचिवका लागि आवेदन खुला गरेकी छिन् ।

पूर्व राज्यमन्त्री समेत रहेकी सांसद कार्कीले एक सूचना जारी गर्दै मापदण्ड अनुसार ५ दिनभित्र व्यक्तिगत विवरणसहित आवेदन दिन आग्रह गरेकी छिन् ।

जसमा मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन वा राजनीतिशास्त्र वा समाजशास्त्र वा अन्तराष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको हुनुपर्नेछ । त्यस्तै समसामयीक राजनीतिक विषयमा जानकार रहेको, नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दख्खल भएको हुनुपर्नेछ । त्यस्तै विषम परिस्थितिमा समेत काम गर्न अभिप्रेरित गर्ने, इमान्दारिता, सदाचारी र नैतिकता भएको हुनुपर्नेछ । त्यस्तै नेपाली टाइप एवं सामान्य डिजाइन गर्न सक्ने व्यक्तिले आवेदन दिन सक्नेछन् ।

त्यस्तै आएकामध्येबाट छनोट गरेर मात्रै सचिवालय सचिव ९स्वकीय सचिव० छनोट हुनेछ ।
निर्धारित मिति र समयभित्र आएका आवेदनहरु मध्ये प्रारम्भिक चरणमा छनोट भएका आवेदकहरुलाई मात्र लिखित परीक्षाको लागि जानकारी गराउने बताइएको छ । लिखित, मौखिक र प्रयोगात्मक परीक्षामा सामेल भएका उम्मेदवारलाई उत्कृष्टताको आधारमा छनोट गरिने बताइएको छ ।

May be an image of text

उत्कृष्टताको आधारमा छनोट भएकामध्ये १ जनालाई छनोट गरिने र अन्य दुई जनालाई वैकल्पिकको रुपमा राखिने समेत बताइएको छ ।

यसअघि रास्वपाकै सांसद निशा डाँगीले पनि आवेदनमार्फत् सचिवालय सचिव छनोट गरेकी थिइन् । भने रास्वपाले कार्यालयका लागि सचिव छनोटका लागि आवेदनमार्फत् पदपूर्ति गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?