रिद्धि सिद्धि सिमेन्टद्वारा “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति आयोजना

लोकपथ
56
Shares

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लि.ले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि “ मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।

यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एस.ई.ई. मा उत्तिर्ण हुनुभएका सम्पूर्ण मकवानपूर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरिे उक्त एस.ई.ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिकरुपमा पाँच हजार, दोश्रो हुनेलाई तीन हजार पाँच सय, तेश्रो हुनेलाई दुई हजार पाँच सय साथै सान्त्वना स्वरुप थप आठ विद्यार्थीलाई मासिकरुपमा एक हजार पाँच सय रुपैंयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।

यस योजनामा आवद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाई वा फेसबुक पेजमा गई उल्लेखित क्यु आर कोडमा स्कान गरी फारम भर्नुपर्ने छ । आवेदकको फारम बुझाउने अन्तिम मितिः श्रावण २१, २०८० तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?