काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालको अवरोधका कारण प्रतिनिधि सभाको बैठक कार्य सूचिमा प्रवेश नै नगरि स्थगित भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन बसेको बैठक कार्य सूचिमा प्रवेश गर्न नदिई एमालले बैठक अवरोध गर्ने घोषणा गरेको हो । एमाले प्रमुख सचेतक पदम गिरीले, छानविन समिति गठन नभई संसद बैठक चल्न नसक्ने बताए ।
‘उच्चस्तरिय छानविन समिति गठन हुनु पर्छ । यसको मन्त्रीदेखि लिएर तल काम गर्ने सम्म को को सम्लग्न छन् त्यसमाथि छानविन हुनु पर्छ । एमाले त्यो अडानमा अडिग छ । त्यो उच्चस्तरिय समिति गठनका लागि रुलिङ होस् । अन्यथा हामी यस बैठकलाई अगाडि बढाउन दिन सक्ने स्थिति छैन् । ’
यसअघि आजको बैठकमा अधिकासं सांसदले सुन प्रकरणबारे चर्को आवाज उठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया