सुन तस्करीमा भरियालाई पक्राउ गरेर नाईकेलाई जोगाउने काम नहोस : सांसद खतिवडा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुन तस्करीको बारेमा सरकारले यथार्थ जानकारी सरकारलाई गराउनु पर्ने बताएका छन् ।

बुधबार बसेको संसद बैठकमा बोल्दै सांसद खतिवडाले भरियालाई पक्राउ गरेर नाइकेलाई जोगाउने काम बन्द गर्न पनि आग्रह गरे ।

उनले भने ‘ नेपाललाई सुनको भूमि बनाउने खेलमा सरकारले सत्य कुरा के हो ? एउटा भरिया ड्राइभरलाई, एउटा खलासीलाई पक्र्रेर मेन नाईकेलाई जोगाउने काम गर्नु हुँदैन र सत्य तथ्य छिटो भन्दा छिटो सरकारले संसदलाई जानकारी गराओस । ’
उनले नेपाली जनताको घरमा दशैंमा खान ५ केजी चामल हुँँदैन तर देशमा १०० किलो सुन आयात निर्यात हुने गरेको पनि बताए ।

सरकार नेपाललाई तस्करहरुको ट्रान्जिट पोईन्ट बनाउने खेलमा लागेको जस्तो देखिएको आरोप समेत सांसद खतिवडाको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?