काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ ।
हालै सम्पन्न सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसीबारे अहिलेसम्म भएको कामबारे सरकारसँग जवाफ माग्ने बताएका हुन् ।
सम्झौताको कार्यान्वयनमा व्याख्यात्मक घोषणाअनुरुप नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठनका लागि आवश्यक पहल गर्ने पनि निर्णय गरिएको खतिवडाले बताए । त्यसको निरन्तर जानकारी लिने प्रयोजनका लागि पार्टीका तर्फबाट समेत अनुगमन समिति बनाउने सचिवालयले निर्णय गरिएको छ ।
उनले भने,‘एम सी सी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने,उक्त संझौताको कार्यान्वयनमा व्याख्यात्मक घोषणाअनुरुप नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठन गर्न आवश्यक पहल गर्ने, एम सी सीका बारेमा निरन्तर जानकारी लिने प्रयोजनका लागि पार्टीका तर्फबाट समेत अनुगमन समिति बनाउने निर्णय भयो ।’
नेकपा एकीकृत समाजवादीले संविधानको रक्षा, विकास र समाजवादी रुपान्तरणका मुद्दाहरुमा ती राजनीतिक दलहरुका दृष्टिकोणअनुसार एकता र सङ्घर्षको सम्बन्ध राख्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया