काठमाडौं । नेकपा एमालले प्रधानमन्त्री अर्थमन्त्री र गृहमन्त्री कै सेटिङमा नेपालमा सुन तस्करी भएको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा, समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले कर्मचारीको मात्रै सेटिङमा क्वीन्टल सुन तस्कर सम्भव नभएको बताए । उनले यसमा प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मको संलग्नता रहेको आरोप लगाए ।
‘राजस्व अनुसन्धान विभागका डिजीलाई जानकारी हुदाँ प्रधानमन्त्रीलाई यो कुरा थाहा थियो कि थिएन् ? गृहमन्त्रीलाई सूचना थियो कि थिएन् । अर्थमन्त्रीलाई जानकारी थियो कि थिएन् अवश्य थियो सभामुख महोदय । आज गृह मन्त्रालय र अर्थमन्त्रालयका कर्मचारीहरुको मात्रै सेटिङले यत्रो क्वीन्टलका क्वीन्टल सुन तस्करी भएको छैन् ।’ उनले भने ।
यो सरकार गठन भएपछि तस्करका लागि नेपाल स्वर्ग बनेको आरोप लगाएका उनले एमाले सरकारले तस्करको जालो तोडेपनि यो सरकारले फेरी तस्करी सुरु गरेको दाबी गरे ।
‘तस्करहरुका लागि लुटको स्वर्ग भइहरको छ सभामुख महोदय । हामी जे देखिरहेका छौं जे सुनिरहेको छौं । यो सामान्य विषय छैन् सभामुख महोदय । हामीलाई लागेको थियो २०७४ साल माघको ९ गते ३३ किलो सुन नेपाल भित्रियो । तयो सुन थाहा भएन् कहाँ गयो ? ’ उनले भने दुभाग्र्य पछिल्लो एक वर्ष सुरक्षाको अवस्था एकदमै कमजोर र निष्प्रभावी बनाइएको छ । ’
दुबईबाट ९० किलो सुन इलेक्ट्रिक सिगरेटको भित्र राखेर ल्याउने काम भयो । १० पुषमा ल्याएको सुन प्रकरणमा कृष्ण बहादुर महराका बाबु छोराको संलग्नता रहेको उनको आरोप छ ।
कृष्णबहादुर महरामाथि छानविन नगरिएको भन्दै उनले सत्ताको आडमा यस्ता ठूला स्क्यान्डलमा संलग्न मान्छेहरुलाई संरक्षण गरिएको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया