काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले एक सय केजी सुन काण्डका मूख्य नाइके पत्ता नलगाए संसदमै आमरण अनसन बस्ने घोषणा गरेका छन् । सांसद शर्माले संसदको विशेष समयमा बोल्दै सुन काण्डमा एउटा भरियालाई मात्र फसाएर अरु उम्कन खोजे आमरण अनशन बस्ने बताएका हुन् ।
यसैगरी, सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्रीले नैतिकतका आधारमा राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । गत बुधबार काठमाडौंको सिनामंगलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपाँस भइ बाहिरिएको १ क्विन्टल सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया