२० मङ्सिर २०८०, बुधबार

अल्बर्ट आइन्स्टाइनको यस्तो नोटले चम्कियो भाग्य, कतिमा बिक्यो ?

२०७४,कार्तिक,८,बुधबार १६:५७

0
Shares

एजेन्सी- वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको  सिद्धान्तबारेको एक नोट (लेखोट) १५ लाख ६० हजार डलरमा बिक्री भएको छनोबेल पुरस्कार विजेता भौतिकशास्त्री आइन्स्टाइनले सन् १९२२ मा एक जापानी पत्रवाहकलाई पैसाको साटो जर्मन भाषामा लेखिएका लेखोट दिएका थिएपत्र पुर्‍याउन आफ्नो कोठामा आइपुगेका पत्रवाहकलाई ‘टिप’ दिनका लागि पैसा नभएपछि आइन्स्टाइनले त्यस्तो लेखोट दिएको बताइन्छत्यतिबेला उनले भौतिकशास्त्रतर्कफको नोबेल पुरस्कार पाएको भर्खरै सुनेका थिए र उनी जापानमा प्रवचन-यात्रामा थिएती पत्रवाहकलाई खाली हात पठाउन नचाहेकोले आइन्स्टाइनले पत्रवाहकलाई ती लेखोट दिएको लिलाम बढाबढमा राखेका पत्रवाहकका नातेदारले बताए।  जेरुसलेममा लिलाम बढाबढमा ती लेखोट बिक्री भएका हुन्।आइन्स्टाइनले पत्रवाहकलाई उनी भाग्यमानी भए आफूले दिएका लेखोट भविष्यमा मूल्यवान हुने बताएका थिएआइन्स्टाइनले आफ्नो सम्पूर्ण जीवन विज्ञानप्रति समर्पित गरेका थिएउनको हस्ताक्षरसहित एक वाक्यको लेखोटमा लेखिएको छ, “सफलताको खोजीमा लागिपर्दा र त्यसले निरन्तर उत्पन्न गराउने बेचैनीले भन्दा शान्त र साधारण जीवनले धेरै खुशी ल्याउँछ।”उनको दोस्रो लेखोट चाहिँ २ लाख ४० हजार डलरमा बिक्री भएको छ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार १६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको

काठमाडौं । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । ‘हवाई ड्रोनहरूद्वारा

काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ

काठमाडौं । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक,

ताजा समाचार