काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा सरकारले सत्ताको अडामा दोषीलाई कारबाही नगरिएको आरोप लगाएको छ ।
आजको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले सुन काण्डमा माओवादी नेता कृष्णबहादुर महराका बाबुछोरा संलग्न रहेको आरोप लगाए ।
गत पुसमा इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याएको अवस्थामा ल्याइएको बरामद भएको सुन प्रकरणमा महरालाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरे ।
त्यस्तै गत बुधबार विमानस्थल बाहिरबाट बरामद भएको सुन प्रकरणमा गृहमन्त्रीकै हात रहेको समेत आरोप लगाए ।
त्यस्तै सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया