काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति विश्वविद्यालय सुधारका लागि एक्सनमा उत्रिएका छन् ।
यसअघि विभिन्न रचनात्मक काम गरिरहेको स्ववियुले बुधबार त्रिवि सेवा आयोग खाली गराएको छ।
कीर्तिपुरमा आयोग रहेको भवन स्ववियुले बुधबार खाली गराएको सभापति श्यामराज ओझाले जानकारी दिए ।
उनका अनुसार सेवा आयोग अध्यक्ष नियुक्त नभएको र आयोगबाट हुने कर्मचारी नियुक्ति प्रक्रिया वर्षौंसम्म रोकिएकोले आयोगका सामान स्थानान्तरण गरिएको हो ।
लामो समयसम्म सेवा आयोग अध्यक्षविहिन रहेको छ ।
हाल त्रिवि सेवा आयोग रहेको भवन छात्रावास बनाउने प्रयोजनका लागि बनाइएको हो । तर विद्यार्थीको छात्रावास अभाव भएपछि त्यहाँको सामान हटाइएको सभापति ओझाले बताए ।
यसअघि पनि स्ववियुले पटकपटक ताकेता गर्दा समेत वेवास्ता गरेका कारण गरेपछि हटाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया