काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको छ ।
त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन संसदीय दलको बैठक बोलाएको हो ।
बैठकले प्रतिनिधि सभाको बैठक सुरु हुनु अघि पार्टीको रणनीति तय गर्ने बताइएको छ ।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरामद गरेको थियो ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै शुरु भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया