काठमाडौं । लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समिति दिनहुँ प्रदर्शनमा उत्रिएका छन् ।
लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समितिका केन्द्रीय सदस्य सुनिल चौधरीका अनुसार बुधबार माग सम्बोधनका लागि दबाव दिने उद्देश्यले काठमाडौंको एभरेष्ट होटल अगाडिको सडकमा प्रदर्शन गर्ने क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेको हो ।
उनले भने, ‘हामी लगातार आन्दोलनमा छौं । हाम्रो माग सम्बोधन नभएसम्म हामी सडकमै हुन्छौं । हाम्रो १७ जना साथीहरु हिरासतमा छन् । हाम्रो मागहरु सम्बोधन हुनुपर्छ ।’
घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
लुघवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा दुव्र्यवहार गर्नेलाई कारबाही गर जस्ता मागहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया