२२ जना प्रहरी सम्पर्कविहीन

लोकपथ
504
Shares

नेपाल प्रहरीको विभिन्न पदमा कार्यरतहरु लामो समयदेखि सम्पर्क विहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरु लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको जनाएको छ ।
कार्यालयले सूचना प्रकाशित भएको ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै अन्यथा २२ जनालाई सेवाबाट हटाइने स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?