संघ र प्रदेशबीच द्वन्द्व हुने खतरा


लोकपथ
प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार ११:०९

काठमाडौं। नेकपा सांसद जनार्दन शर्माले संसदमा प्रस्तुत भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण तथा समन्वय) विधेयकप्रति असन्तुष्टि जनाएका छन् । 

मंगलबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रदेश सरकारलाई निकम्मा बनाउने गरी विधेयक ल्याइएको र यसबाट सरकारमा केन्द्रीत प्रशासन चलाउने उद्देश्य देखिएको बताए ।
उनले भने, ‘प्रदेश सरकार भन्दा माथि सिडियोलाई राखेर अधिकार दिइएको छ । सिडियो कसरी प्रदेश सरकारभन्दा माथि हुन सक्छ ? प्रदेशप्रति सिडियो प्रतिबद्ध हुनुपर्छ ।’ 

सरकारले अघि बढाएको सो विधेयकलाई जस्ताकोतस्तै पारित गरिए संघ र प्रदेशमा द्वन्द्व हुने खतरा पनि उनले औंल्याए । विधेयक नसच्याइए विकास र समृद्धि नभई प्रदेश तथा केन्द्र झगडामै रुमल्लिरहने उनको दाबी थियो । 

संविधानै अध्ययन नगरी हचुवाको भरमा विधेयक तयार पारिएको आरोप लगाउँदै उनले भने, ‘संविधानको धारा २३२ को उपधारा १ मा संघ, प्रदेश र स्थानीय तहको सहअस्तित्व हुने लेखिएको छ ।

तर प्रदेश र स्थानीय तहलाई नियन्त्रण गर्नेगरी संघीयताको खिलापमा विधेयक देखिएको छ । म संघीयताको पक्षमा लडेको व्यक्ति पनि भएकाले मौन बसिरहनँ सकिनँ ।’

संविधानको धारा ५६ को उपधारा ६ मा संघ, प्रदेश स्थानीय तहले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित , बहुदलीय प्रतिस्पर्धा, राज्य पृथकीकरणको सिद्धान्त, पहिचानलगायतको संरक्षण गर्ने  तथा धारा ५७ मा राज्यशक्तिको बाँडबाँड संघ, प्रदेश र स्थानीय तहले गर्ने भनेर अनुसूची नै तय गरिएको उल्लेख गर्दै उनले त्यसविपरित विधेयक ल्याएर अन्योलता देखिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस
नेपाल–भारत संयुक्त आयोग बैठकः सुस्ता र कालापानीको नक्शांकन गरिने (पूर्ण पाठ)

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको दुई दिने बैठक बिहीबार सकिएको छ । नेपाल

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध

समाजवादी पार्टीकै सांसदद्वारा प्रदेश २ को राजधानी बिरगञ्ज हुनुपर्ने प्रस्ताव दर्ता

प्रदेश नम्बर २ को सतारुढ पार्टी समाजवादी पार्टीका एक प्रदेश सांसदले प्रदेशको राजधानी

राजसंस्थाको कुरा गर्नेहरू डायनासर जस्तै लोप भएर जान्छन्ः मन्त्री बाँस्कोटा

काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कसैले आराधना गर्दैमा राजतन्त्र