कुल निक्षेपको तुलनामा कुल कर्जा रकम सात खर्ब ७९ अर्ब रुपैंयाँले बढी

लोकपथ
234
Shares

काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ५६ खर्ब ३५ अर्ब रुपैंयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो पटक यही साउन पाँच गते अधावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा सम्वन्धी प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा संस्थाहरुले उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन ।

राष्ट्र बैंकका अनुसार यसअवधिमा बाँणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप रकम ४९ खर्ब ६१ अर्ब रुपैंयाँ रहेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप रकम छ खर्ब ७४ अर्ब रुपैंयाँ रहेको छ । बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने यस अवधिमा ४८ खर्ब ५६ अर्ब रुपैंयाँ पुगेको छ ।

उक्त कर्जा मध्ये बाँणिज्य बैंकहरुको मात्र कुल कर्जा रकम ४२ खर्ब ९५ अर्ब रुपैंयाँ पुगेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम पाँच खर्ब ६० अर्ब रुपैंयाँ पुगेको छ ।

यस अवधिमा बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा अनुपात सिडी रेसियो ८३ दशमलव १० प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंकिङ क्षेत्रमा कायम रहेको कुल निक्षेप तथा कर्जाको बिचमा सात खर्ब ७९ अर्ब रुपैंयाँको अन्तर रहेको छ । अर्थात कुल कर्जा रकम भन्दा कुल निक्षेप रकम सात खर्ब ७९ अर्ब रुपैंयाँ बढी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?