काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा.अल्भारो लारियो बीच भेटवार्ता भएको छ ।
मंगलवार इटालीको रोममा भएको भेटवार्तामा आइएफडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको प्रभावकारितामाथि समीक्षा गरिएको थियो । भेटमा नेपालमा आइएफडीले बढाउन सक्ने सहयोगको बारेमा समेत छलफल भएको थियो ।
नेपालमा कृषि क्षेत्रमा आइएफडीको सहयोगमा विभिन्न परियोजनाहरु सञ्चालित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया