सरकार गतिहीन भएको नेता पौडेलको आरोप

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गतिहीन भएको आरोप लगाउनुभएको छ । 

नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले विधिविपरित मनलाग्दी काम गरेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले दुई तिहाईको सरकारबाट अपेक्षित काम हुन नसक्दा जनतामा निराशा छाएको बताए ।

दुई तिहाईको कम्यूनिष्ट सरकार आएपछि चुस्त दुरुस्त होला भन्ने सोचेका जनताको चाहना पूरा हुन नसक्दा निराशा बढ्दै गएको उनको भनाई थियो । 

नेता पौडेलले पार्टीको विधानमा ब्यवस्था भएअनुसार नेविसंघको नयाँ समिति पार्टीको केन्द्रीय समितिले वर्तमान समितिको विदाई गरेर अर्को व्यवस्था गर्ने जानकारी दिए । उनले पार्टीभित्र वैचारिक मतभिन्नता भएपनि विवाद भने नरहेको दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?