बागलुङ । बागलुङको एक होटलमा झुण्डिएको अवस्थामा प्रहरीका सई मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ बडिगाढ गाउँपालिका वडा नं ६ स्थित इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेल मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले लोकपथलाई जानकारी दिइन् ।
उनका अनुसार गएराति १२ बजेतिर होटलवाला साहुले पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए । स्थानीयको रोहोबरमा पासो काट्दा उनको मृत्यु भइसकेको उनले बताइन् । साथै अहिले प्रहरी घटनास्थल पुगेको र छानबिन भइरहेको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।
प्रहरीले होटलवाला साहु र उनको छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । भने मृतकका आफन्त तथा परिवार घटनास्थलमा पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया