कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट पूर्ण इजलासमा आज सुनुवाइ हुँदै

लोकपथ
56
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा आज पूर्ण इजलासबाट सुनुवाइ हुँदैछ ।

आज सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको छ ।

यसअघि आइतबार उक्त मुद्दाको पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा राखिएको थियो । त्यसपछि सोमबारको उक्त मुद्दाको सुनुवाइ तोकिएको थियो ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

यसअघि नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । तर उनी नियुक्त हुँदा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग भएको भन्दै त्यसको विरुद्ध असार २२ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?