राष्ट्रियसभा बैठकः समसामयिक र गम्भीर विषयमा सदन र सरकारको ध्यानाकर्षण


लोकपथ
प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार ०८:२५

काठमाडौं ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले समसामयिक र गम्भीर विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।  

उनीहरुले सिंहदरबार प्रवेशद्वारमा पैदालयात्रुलाई परेको अप्ठेरो, प्लाष्टिक झोलाको नियन्त्रण तथा क्रसर उद्योगले प्राकृतिक संरक्षणमा पारेको असरका बारेमा सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।  

बैठकमा सांसद विन्दादेवी आलेमगरले मुलुक सङ्घीयतामा प्रवेश गरिसकेको अवस्थामा समेत संविधानको भावनाअनुरुप समानुपातिक र समावेशी सिद्धान्तका आधारमा अझैं बजेट विनियोजन गर्ने परिपाटीको शुरुवात किन भएन भनी प्रश्न गरे । 

उनले भने, “विकासका आयोजना पनि समानरुपले अघि बढाउनु आवश्यक छ, कहीं एकपछि अर्का आयोजना राखिएको छ, भने कतै एउटै पनि पूर्वाधार निर्माणका आयोजना पर्न सकेका छैनन् ।” 

सांसद रामप्रित पासवानले सवैंधानिक आयोगमा अध्यक्ष नियुक्ति गरिरहँदा दलित आयोगको कानून बनाउने तरखर पनि किन नभएको हो भनी प्रश्न गरे । 

सांसद डा विजया पौडेलले सिहदरबारको दक्षिणपट्टिको मूलद्वारबाट बाहिर निस्कने पैदलयात्रीका लागि बेग्लै बाटो नभएका कारण गुडिरहेका मोटरले ठक्कर दिने हो कि भन्ने त्रास पैदा हुने गरेकाले त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए। 

“सिहदरबारको दक्षिण मूलद्वारबाट बाहिर निस्कने पैदलयात्रुलाई निकै असज भएकाले बेग्लै बाटोको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु”, उनले भने, “बजारमा अहिले पनि गुणस्तरहीन प्लाष्टिकका झोला प्रयोगमा रहेकाले त्यसलाई विस्थापन गर्न कागजको झोलाको प्रयोग बढाउने नीति ल्याइयोस् ।” 

सांसद हरिचरण शिवाकोटीले मुलुकका विभिन्न भागमा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई विधिसम्मत रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन सुझाव दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस
नेपाल–भारत संयुक्त आयोग बैठकः सुस्ता र कालापानीको नक्शांकन गरिने (पूर्ण पाठ)

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको दुई दिने बैठक बिहीबार सकिएको छ । नेपाल

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध

समाजवादी पार्टीकै सांसदद्वारा प्रदेश २ को राजधानी बिरगञ्ज हुनुपर्ने प्रस्ताव दर्ता

प्रदेश नम्बर २ को सतारुढ पार्टी समाजवादी पार्टीका एक प्रदेश सांसदले प्रदेशको राजधानी

राजसंस्थाको कुरा गर्नेहरू डायनासर जस्तै लोप भएर जान्छन्ः मन्त्री बाँस्कोटा

काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कसैले आराधना गर्दैमा राजतन्त्र