‘डीपीएल’ क्रिकेट : साविक विजेता धनगढी स्टार्सको लगातार दोस्रो हार

काठमाडौं । जारी धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेटमा साविक विजेता धनगढी स्टार्सले लगातार  दोस्रो हार बेहोरेको छ । 

फाप्ला क्रिकेट मैदानमा मंगलवार भएको पहिलो खेलमा धनगढी सिवाईसी अत्तरियासँग ५ रनले पराजित भएको हो । ९६ रनको सामान्य लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको धनगढीको पारी ९ विकेटको क्षतीमा मात्र ९१ रनमा समेटिएको थियो ।

धनगढीका लागि राजु रिजालले सर्वाधिक २६ रन जोडे । रोहन मुस्तफाले १८ रन, सन्दीप रजालीले ११ रन तथा कप्तान सोमपाल कामीले मात्र १० रन बनाए । यता अत्तरियाका लागि भुवन कार्कीले ४ तथा सन्नी पटेलले २ विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रनको योगफल तयार पारेको थियो ।  

अत्तरियाका लागि सन्नी पटेलले नटआउट रहँदै सर्वाधिक ३५ रन जोडे । त्यस्तै जयकिशन कोश्लावालाले २१ रन, प्रेम तामाङले १२ रन तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ११ रन जोडे । 

यता धनगढीका रोहन मुस्तफाले २ तथा अमीर हायत, सोमपाल कामी र बिपिन खत्रीले समान १-१ विकेट लिए । सोमवार भएको पहिलो खेलमा साविक विजेता धनगढी काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित भएको थियो ।

अब धनगढीले तेस्रो खेलमा भोली ‘बुधवार’ विराटनगर किङसको सामना गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?