मधेश प्रदेशमा पोषणको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री यादव

लोकपथ
91
Shares

काठमाडौं । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा पोषण सम्बन्धि समस्या समाधानको लागि संघीय र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित पोषण सम्बन्धि राउण्डटेबल छलफल कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशमा पोषण ठूलो समस्याको रुपमा देखिएकोले यसको समाधानको लागि आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

पोषण सम्बन्धि समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर रहेको भन्दै उनले यसको लागि हरसम्भव प्रयासको लागि प्रतिबद्ध भएको जनाएका छन् । कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा.आरजु देउवाले शिशुसँगै आमाको पनि पोषणको आवश्यकतामा जोड दिइन् ।

उनले मानवीय विकास सूचकांकमा पछि परेको मधेश प्रदेशको विकासको लागि पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने भन्दै मधेश प्रदेशमा स्वास्थ्यको अवस्था सुधार गर्न जनसंख्याको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताईन् ।

छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले प्रदेशलाई संघीय सरकारले ओझेलमा पारेको टिप्पणी गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बीरेन्द्र सिंहले प्रदेशको १ सय १८ पालिका पूर्ण खोपयुक्त घोषणा भइसकेको र बाँकी १८ पालिका घोषणाको तयारीमा रहेको मन्त्री सिंहले बताए ।

कार्यक्रममा उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव, वन तथा वातावरण मन्त्री रमेश पटेल, विनाविभागीय मन्त्री सुरिता साह, प्रमुख सचिव किशोर चौधरी लगायत प्रदेश सरकारका सचिव तथा सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?