बर्षा र संजोगको इन्गेजमेन्ट, प्रणय दिवसको दिन विवाह

काठमाडौं । नायिका बर्षा राउत र नायक संजोग कोइरालाको इन्गेजमेन्ट भएको छ ।

सोमवार उनीहरुले दुबै परिवारको उपस्थितिमा एकअर्कासंग औंठी साटेका हुन् । 

७ वर्ष लामो प्रेम सम्बन्धमा रहेका  बर्षा राउत र  संजोग कोइरालले आउँदो फागुन २ गते प्रेम दिवसको दिन विवाह गर्दैछन् । उनीहरुलाई प्रेम जोडीको पनि उपनाम दिइएको छ ।

इन्गेजमेन्टको तस्वरि समाजिक सञ्जालमा सार्वजनिक गर्दै वर्षा र संजोगले एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’

उनीहरुले आफूहरुको संयूक्त नाम  ‘सन्सा’ राखेका छन् । 

केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत् विवाहको मिति घोषणा गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?