काठमाडौं । गेट्वे कलेज अफ प्रोफेसनल स्टडिजको आयोजनामा विद्यालयहरूलाई भलीबल वितरण गरिएको छ।
काठमाडौं जिल्ला भलीबल संघको सहकार्यमा बुढानिलकण्ठ नगरपालिका एवम कागेश्वरी मनोहरा नगरपालिकाका सामुदायीक तथा संस्थागत विद्यालयहरूलाई भलीबल वितरण गरिएको हो ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास, विस्तारको लागि गेट्वे कलेज सधैँ तयार रहेको तथा सरकारी र सामुदायीक विद्यालयमा समानता हुनुपर्ने कलेजका संस्थापक अध्यक्ष सुरेश केसीले जानकारी दिए ।
अध्ययन अध्यापनका अलवा विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति खेल अपरिहार्य रहेको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले जानकारी दिए । उपस्थित भएका सम्पूर्ण प्रिन्सिपल, विद्यार्थी,शिक्षक,खेलाडी, पत्रकारहरूलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गरिँदै जाने जिल्ला भलीबल संघ काठमाडौंका अध्यक्ष सुदर्शन जमकटेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया