भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीहरुलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् ।
सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री महतले उच्च कर्तव्यनिष्ठताका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले कुनै कारणबाट राजश्व उठाउने क्रममा दुरुपयोग भए या गैरकानुनी तरिकाबाट नाका र नाका बाहिरबाट प्रवेश गराइए सरकारले त्यस्लाई गम्भीरताका साथ लिने बताए ।
उनले भने, ‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरु हाम्रो राज्य संयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलब भत्ताबाट तपाईंहरु सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने, उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।’
आधुनिक मेसिन, अरु सहयोगी संरचना नभएर काममा बाँधा परेको छ भने त्यो बाधा फुकाउन मन्त्रालय तयार भएको पनि मन्त्री महतको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया