‘डीपीएल’ क्रिकेट : सिवाइसी अत्तरियाद्वारा धनगढी स्टार्ससामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं । जारी धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेट अन्तर्गत सिवाइसी अत्तरियाले धनगढी स्टार्ससामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रनको योगफल तयार पारेको थियो ।  

अत्तरियाका लागि सन्नी पटेलले नटआउट रहँदै सर्वाधिक ३५ रन जोडे । त्यस्तै जयकिशन कोश्लावालाले २१ रन, प्रेम तामाङले १२ रन तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ११ रन जोडे । 

यता धनगढीका रोहन मुस्तफाले २ तथा अमीर हायत, सोमपाल कामी र बिपिन खत्रीले समान १-१ विकेट लिए । सोमवार भएको पहिलो खेलमा साविक विजेता धनगढी काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?