टीकापुर महोत्सवमा एक करोडको कारोवार


लोकपथ
प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार ०४:१९

काठमाडौं । टीकापुर महोत्सवमा एक करोड बराबरको कारोवार भएको छ ।

‘औद्योगिक, सांस्कुतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिनसम्म चलेको सो महोत्सवमा  २७ लाख ६३ हजारको टिकट बिक्री भएको थियो । 

महोत्सव आयोजक स्टल व्यवस्थापन उपसमितिका संयोजक गणेश रेग्मीका अनुसार महोत्सवमा दुई सय कक्ष रहेको थियो । उक्त महोत्सवको एक लाख ५० हजार व्यक्तिले अवलोकन गरेका थिए । उद्योग वाणिज्य सङ्घ टीकापुरका अध्यक्ष परशुराम चपाईले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न १० कक्ष निःशुल्क उपलब्ध गराइएको बताए ।

 महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, थारू गाउँ र मगर गाउँ मुख्य आकर्षणका रुपमा रहेका थिए । थारू गाउँ र मगर गाउँमा आ–आफ्ना संस्कृति र खानाका परिकार झल्कने वस्तु राखिएका थिए । माघ १८ गतेदेखि शुरु भएको महोत्सव मंगलवार सकिँदै छ ।

महोत्सवको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गरेका थिए ।  उद्योग वाणिज्य सङ्घ टीकापुरले २०६५ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस
एनसेल लाभकर विवादः सर्वोच्चले तेस्रोपटक पनि सार्‍यो निर्णय सुनाउने मिति

काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत

विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न छः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न

फाष्ट ट्र्याकको डीपीआर स्वीकृत

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं (तराईरमधेश द्रुतमार्ग (फाष्टट्र्याक)को विस्तृत आयोजना

परिक्षण नगरिएका खसीबोका नेपाल भित्रिन दिँदैनः कृषि मन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परिक्षण नगरिएका खसीबोका