काठमाडौं । पुष्पलाल एकता केन्द्रकी उपाध्यक्ष जयन्ती राईले सरकारी निकायको उच्च ओहदामा बसेकाहरु नै तस्करी र भ्रष्टाचारमा संलग्न हुने गरेकोप्रति चुप लागेर बस्न नहुने बताएकी छिन् ।
काठमाडौंमा पुष्पलाल स्मृतिको सन्दर्भ पारेर आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक कार्यक्रममा एक सय किलो सुन प्रकरणमा चुप बस्न नहुने धारणा राखिन् ।
त्यस्तै,वीर गोर्खार्लीको देश भनेर चिनिने नेपाल आज भ्रष्टाचार, माफिया र बलात्कारीको देशले बदनाम भएको भन्दै राइले भनिन्, ‘दिन प्रतिदिन भ्रष्टाचार सुनिरहेको मात्र छ ,आज सय किलो सुन मात्र होइन् मानव तस्तरीदेखि अरु क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्नहरु नपढेका होइनन् त्यस्ता निकृष्ट काममा सरकारका एकदमै जिम्मेवार निकायमा रहेका ठूला ठूला ओहदाका मान्छेहरु संलग्न छन् । त्यसकारण आज हामीले औंला उठाउनै पर्छ । यो पुष्पलालको सपना थिएन् ।’
राईले पुष्पलाललाई कार्यक्रम गरेर एक दिन सम्झिएर मात्रै उनले देखेको सपना पूरा नहुने तर्क गरिन् । उनले कम्युनिष्टहरु एकतावद्ध भएर जानुको विकल्प नभएको बताइन् ।
‘पुष्पलालको सपना पूरा गर्ने जिम्मा हामीले त्यतिवेला मात्रै पूर्ण गर्नेछौं जतिवेला देशमा रहेका सम्पूर्ण विकृति, विसंगती, भ्रष्टाचार र दण्डहिनतालाई अन्त्य गछौं । सबै कम्युनिष्ट पार्टी एकजुट भएर समाजवाद निर्माण र समाजवादी क्रान्ति सफल गर्ने अभिभारा पूरा नगरेसम्म पुष्पलालको सपना पूर्ण हुँदैन ।’
उपाध्यक्ष राईले सबै कम्युनिष्टहरु एकतावद्ध भएर जानुपर्ने धारणा राखिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया