ललिता निवास जग्गा प्रकरण : थप दुई जना पक्राउ

लोकपथ
140
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।

नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको हो ।

थप २ जना पक्राउ परेसँगै ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?