काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ शुरु भएको छ ।न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा १२ः३५ बजेदेखि सुनुवाइ शुरु भएको हो ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि गठबन्धनको सरकार गठन भएको थियो । गठबन्धनबाट सरकार गठनका लागि बहुमत नपुगेपछि सभामुखले समेत मतदान गरेपछि त्यसको विरुद्ध रिट परेको हो ।
थापा नेतृत्वको सरकालाई यहि साउन १९ गतेसम्ममा विश्वासको मत लिनुपर्ने बाध्यता छ, तर सरकार गठन अवैधानीक भएको भन्दै विपक्षी दल एमाललेले नयाा सरकार गठन गर्नुपर्ने मागसहित सर्वोच्च रिट दिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया