आज पनि भारी वर्षाको सम्भावना

लोकपथ
343
Shares

काठमाडौं । देशका विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागले सोमबार बिहानै देखि देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाउँदै सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

गण्डकी र सुदूरपश्चिमका केही स्थानमा राति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज पहाडी भूभागहरुमा मध्यम वर्षा र बाँकी भूभागहरुमा हल्का वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?