सुदूरपश्चिम सरकारमा सामेल हुँदै नागरिक उन्मुक्ति पार्टी

लोकपथ
52
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागि हुने भएको छ ।

यसअघि भागबण्डामा चित्त नबुझाएको नाउपा एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागि हुन लागेको हो ।

अहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्री दिने सहमति भएको हो ।

नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई कृषि तथा सहकारी र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्री दिने प्रस्ताव गरेको हो ।

यसअघि कांग्रेसबाट सरकारमा सामेल भएको पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि कानुन मन्त्रालय खाली रहेको छ । तर कांग्रेसले अन्य पठाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?