कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा आज पनि पेशी तोकियो, होला सुनुवाइ ?

लोकपथ
49
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

मुख्यमन्त्रीमा थापाको नियुक्तिविरुद्ध परेको रिटका आज पेशी तोकिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र तीलप्रसाद श्रेष्ठको इजालमा पेशी तोकिएको हो । यसअघि हिजो न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आजका लागि माथेमा र श्रेष्ठको इजलासमा पेशी दुई नम्बरमा रहेको छ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि गठबन्धनको सरकार गठन भएको थियो । गठबन्धनबाट सरकार गठनका लागि बहुमत नपुगेपछि सभामुखले समेत मतदान गरेपछि त्यसको विरुद्ध रिट परेको हो ।

थापा नेतृत्वको सरकालाई यहि साउन १९ गतेसम्ममा विश्वासको मत लिनुपर्ने बाध्यता छ, तर सरकार गठन अवैधानीक भएको भन्दै विपक्षी दल एमाललेले नयाा सरकार गठन गर्नुपर्ने मागसहित सर्वोच्च रिट दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?