बुटवलमा एक युवकमाथि आक्रमण, ३ जना पक्राउ

लोकपथ
910
Shares

काठमाडौं । बुटवलको कालिकापथमा एक युवकमाथि आक्रमण भएको छ ।

बुटवल-११ कालिकापथको होराइजन चोक नजिकै निर्माण व्यवसायी निर्मल खत्रीमाथि दर्जन भन्दा बढीमा आएको समूहले आक्रमण गरेको हो ।

खत्रीमाथि आक्रमण गरेको आरोपमा अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले लोकपथलाई जानकारी दिए ।

पक्राउ परेकाहरूलाई शरीर अंगभंगको अभियोगमा मुद्दा दायर गरिएको थापाले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?