काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका छन् ।
अवैध रूपमा भित्रिएको करिब १ सय किलो सुन प्रकरणमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भन्सार कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, खरिदार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरू सुदर्शन गौतम, यादव पराजुली र रुकमिना थापा रहेका छन् ।
राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।
राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार उनीहरुलाई सो प्रकरणमा संलग्नता देखिएको आधारमा नियन्त्रणमा लिइएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ । यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।
असार ३० गते ‘रेडी ट्रेड्स’ले हङकङबाट ल्याएको सुन साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयबाट भन्सार जाँचपास भएको थियो । लगत्तै, राजश्व अनुसन्धान विभागले सिनामंगलबाट ट्याक्सी चालकसहित सुनसहितको ‘ब्रेक प्याड’ बरामद गरेको थियो । नेपालमा यो नै हालसम्म बरामद भएको ठूलो परिमाणको सुन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया