‘यात्रा’ को गीतमा साथीभाइको रमाइलो (भिडियो)

काठमाडौं । फिल्म ‘ए मेरो हजुर २’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेका सलिनमान बानियाँको मुख्य भूमिका रहने फिल्म ‘यात्रा’ को गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमार्फत फिल्मको गीत सार्वजनिक गरेको हो ।

गीतमा मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर छ भने सुजिल कर्माचार्यको एरेन्ज छ । फिल्मका गीतमा संगी र शब्द प्रतीक पौडेलको रहेको छ ।

सम्राट शाक्यले निर्देशन गरेको फिल्म फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते रिलिज हुँदैछ । फिल्ममा सलाने बस्नेत, रियर राई, जाह्नही बस्नेत, मालिका महत, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा कथा र स्किृप्ट निर्देशक शाक्यकै रहेको यो फिल्ममा लगानी सुशील पोखरेलको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?