केही नेपाली ऐन शंशोधन गर्न बनेको वद्येयक तत्काल खारेज गर्न शेखर कोइरालाको माग

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको बताएका छन् ।

आईतबार बसेको केन्दीय समितिको बैठकमा डा. कोइरालाले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्न माग गरे ।

उनले भने ‘ पछिल्लो दिनहरुको दण्डहीनता बढेर गएको छ। नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ। हाल संसदमा रहेको मुलुकी संघीयता सम्बन्धि केही नेपाली ऐन शंशोधन गर्न बनेको विद्येयक २०८० तत्काल खारेज गरिनुपर्छ र यो विद्येयक संसदबाट पारित भए देशमा दण्डहिनताले संस्थागत रुप लिन्छ ।

जनताले दण्डहीनताको अन्य गर्न कांग्रेसले नेतृत्वदायी भुमिका खेलोस भन्ने चाहेको उनको भनाई छ ।

समाजवादी केन्द्र जस्तो गठबन्धन भित्र पनि अर्को गठबन्धन बनेको र त्यो कसको लागि बनेकाे त्यस प्रति विचार गर्नु पर्ने पनि कोइरालाले सुझाए ।

काग्रेसले सुशासनको नारा दिने मात्र नभइ भ्रष्टचार र भ्रष्टारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निमार्ण नगरे सम्म जनताको घरदैलोमा गएर भोट माग्न नसक्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?