पार्टीभित्र व्याप्त चरम गुटबन्दीले कार्यकर्तामा निराशा छाएको छ : भीम पराजुली

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीभित्र चरम गुटबन्दी रहेको बताएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आइतबार आफ्नो धारणा राख्दै पराजुलीले पार्टीमा देखिएको गुटवन्दीले कार्यकर्तामा निराशा छाएको बताए ।

उनले भने ‘ पार्टीभित्र गुटबन्दी चरम देखिएको छ । एक गुटले अर्को गुटको नेतालाई दुश्मनजस्तो व्यवहार गरेको देखिन्छ । यसले कार्यकार्तामा निराशा छाएको छ । पार्टीको रुप धारण गर्न सकेको छैन् । गुटबन्दीले गाँसेको कांग्रेस गाँजिएको कांग्रेस भएको छ। यसको शिकार म पनि भएको छु । ’

केन्द्रीय सदस्य पराजुलीले पार्टी भित्र यस्तो कार्यहरुको अन्त्य गर्न विशेष ध्यान दिनु पर्ने बताएका छन् ।
पार्टीको कार्यप्रकृयामा विश्वसनीयता नभएको हुनाले आफुले कुनै कारवाहीको सिफारिस नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?