काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट एकताका लागि जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४५ औँ स्मृती दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
वामदेव गौतमले लामो समयदेखि कम्युनिष्ट शक्तिको एकता जोगाउन जोड दिँदै आइरहेको भन्दै कम्युनिष्ट एकताका लागि हरेश खान नहुने बताए ।
उनले भने, ‘कमरेड वामदेव गौतमले कम्युनिष्ट पार्टी शक्तिलाई मिलाऊँ भनेर जोड दिनुभयो । सबै कम्यनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन् । त्यसका बाबजुद पनि हामीले हरेक खानु हुँदैन । उहाँको संकल्प, उहाँको भावना अत्यन्त राम्रो छ । यस अर्थमा जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो । सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मेहनत गरेर प्रयत्न गर्नुपर्छ ।’ उनले भने ।
त्यस्तै कम्युनिष्टहरु एक हुन नसक्दा शक्ति बाँडफाँड भएको बताउँदै एकता गर्दै शक्ति बढाउनका लागि समेत आह्वान गरे ।
‘जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्न सक्छौँ । त्यत्ति धेरै ऊर्जा पैदा गर्न सक्छ । जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकताबद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’ अध्यक्ष नेपालले भने ।
आज पुष्पलालको स्मृतीमा देशभर विभिन्न कार्यक्रमहरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया