आइसीसी टी-ट्वान्टी वरियतामा कप्तान पारस, सोमपाल र बसन्तको छलाङ

काठमाडौं । नेपालका युवा खेलाडी सोमपाल कामीले अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटको बलिङ वरियतामा छलाङ मारेको छ । 

अन्तर्रराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले सोमवार जारी गरेको नयाँ टी-ट्वान्टी क्रिकेटको बलिङ बरियतामा सोमापालले २२ स्थान सुधार गर्दै ७० औँ स्थानमान उक्लिएको छ । यसअघि वरियताको ९२ औँ स्थानमा रहेका उनले क्रिकेट खेल जीवनमा उत्कृष्ट नतिजा समेत हो ।

सोमपालले ४ सय ९ रेटिङ अंक पाएका छन् । त्यस्तै अलराउण्डरतर्फ भने उनी ५१ औँ स्थानमा रहेका छन् । त्यस्तै बलिङतर्फ नै नेपालका बसन्त रेग्मी ७१ औँ स्थानमा उक्लिएको छ । उनले पनि वरियतामा सुधार गरेका हुन् ।

सन्दिप लामिछाने ३६ स्थान सुधार गर्दै वरियताको १ सय ५९ औँ स्थानमा उक्लिएका छन् । 

यता अलराउण्डरतर्फ कप्तान पारस खड्का भने ४० औँ स्थानमा उक्लिन सफल भए । उनले ७६ रेटिङ अंक पाएका थिए । त्यस्तै ब्याटिङतर्फ भने ९० औँ स्थानमा रहेका छन् । पाकिस्तानका बाबर अजाम बलिङतर्फ शीर्ष स्थानमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?