काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदका लागी अर्जुन थापा (बगाले) ले उम्मेद्वारी दिएका छन्।
आगामी जुलाई ३० तारिख हुने निर्वाचनका लागी उनले एनआरएनए जापानको ११ औं कार्यसमितिका लागि सचिव पदमा उम्मेद्वारी दिएका हुन् ।
सचिव पदका उमेदवार थापाले “विधि, विधान र नीतिमा सबलीकरण !! पारदर्शी एनआरएनएमा प्रबलीकरण” भन्ने मुल नाराका साथसचिव पदका लागि आफ्नो उमेदवार घोषणा गरेका हुन् ।
विगत १० वर्ष देखि जापानमा बसोबास गरि रहनु भएका थापाले विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आएका छन् ।

जापानमा बसोबासको क्रममा उनले सन् २०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य,यस्तै नेपाल जापान फ्रेन्डशिपलायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियान सचिव, नेपालफेस्टिवल फुकुओकाको सचिव, २०१९–२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिव, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१–२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक पदमा रहेर सामाजिक कार्य गरि सकेका छन्।
उनले विभिन्न संघ संस्थामा आवद्ध भई काम गर्ने क्रममा धेरै महत्वपूर्ण कार्यहरु गरेको र अझ सशक्त भएर सामाजिक कार्य गर्न तिब्र इच्छा रहेको बताए ।
उनले आगामी सचिव पदमा निर्वाचित भएमा एनआरएनए जापानको १२ वटै क्षेत्र सँग समन्वयन गर्दै विधि, विधान र नीतिको आधारमासंथागत रुपमा एकरुपता दिने योजनाका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया