‘डीपीएल’ क्रिकेट : धनगढीद्वारा काठमाडौंसामु १ सय ३३ रनको चुनौती प्रस्तुत

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ । 

आज भएको पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रनको योगफल तयार पारेको थियो ।

धनगढीका लागि अमित श्रेष्ठले अर्धशतकिय पारी खेले । उनले ५० बलमा ५० रन जोड्दै पेभेलियनमा फर्किए । त्यस्तै ओपनर ब्याट्सम्यान रोहन मुस्तफा र सुनील धमला ६ रन बनाउँदा आउट भए । 
अमितले तेस्रो विकेटका लागि सन्दीप रजाईलीसँग मिलेर ५२ रनको साझेदारी गरेका थिए । सन्दीपले २८ रन जोडेका थिए । 

यता सौरभ खनालले नटआउट २५ रन तथा पवन सर्राफले १९ रन जोडे । यता काठमाडौं गोल्डेनसका लागि नन्दन यादबले २ तथा ललित नारायण राजवंशी र अमित दबासले समान १—१ विकेट हात पारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?