१३ आश्विन २०८०, शनिवार

चेम्बरद्धारा अन्तराष्ट्रिय व्यापार र भन्सार प्रक्रियाबारे युवा उद्यमीलाई प्रशिक्षण

२०८०,श्रावण,५,शुक्रवार २१:१०

297
Shares

नेपाल चेम्बर अफ कमर्सले अन्तराष्ट्रिय व्यापार पहुँच एवं भन्सार प्रक्रियाबारे युवा उद्यमीहरुलाई प्रशिक्षण दिएको छ । व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्राविधिक सहयोगमा ४ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको चेम्बरले विश्व बजारमा भन्सारको प्रक्रीया, निर्यात जन्य बस्तुहरुको हार्मोनिक कोड लगायतका प्राविधिक विषयमा करिव ५० जना युवा उद्यमीलाई प्रशिक्षण दिएको हो ।


कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले युवा उद्यमीहरुलाई निर्यात प्रर्वद्धनमा सहयोग पु¥याउनका लागि प्रशिक्षण आयोजना गरिएको जानकारी दिएका थिए । मुलुकभित्र रहेका प्राकृतिक श्रोतको उच्चतम प्रयोग गरेर निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा कम गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका थिए ।
‘आयात र निर्यातबीचको असन्तुलनका कारण व्यापार घाटा ९ गुणा सम्मले वृद्धि भएको छ । आन्तरिक उत्पादन वृद्धि गरेर निर्यात प्रर्वद्धनका लागि युवा उद्यमीलाई आर्कषित गराउन आवश्यक छ, । ’ अध्यक्ष मल्लले भनेका थिए ।
मुलुकभित्र प्राकृतिक श्रोत र साधनको उच्चतम प्रयोग गरेर बस्तुहरु उत्पादन एवं निर्यात प्रर्वद्धनका लागि चेम्बरले आफ्नो लोगो उपलव्ध गराउने समेत अध्यक्ष मल्लले प्रतिवद्धता जनाएका थिए ।
निर्यात अभिवृद्धिका लागि भन्सार सहजिकरण एवं मुख्य मुख्य नाकामा अन्तराष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापना गर्नुपर्ने तथा निर्यात प्रर्वद्धनका लागि उत्पादिन बस्तुहरुको प्याकेजिङ र ब्राण्डिङमा समेत चेम्बरले सहयोग गर्ने र अन्तराष्ट्रिय व्यापार पछिल्लो समय डिजिटल युक्त बन्दै गएकाले अनलाईन डेलिभरीलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाई थियो ।
भन्सारमा कारोबार मुल्यलाई मान्यता दिई सन्दर्भ मुल्यलाई खारेज गरिनुपर्नेमा जोड दिंदै चेम्बरले व्यापार सहजिकरणका लागि प्रत्येक वर्ष युवा उद्यमी लक्षित विभिन्न कार्यक्रम गर्ने बताएका थिए ।

प्रकाशित मिति: २०८०,श्रावण,५,शुक्रवार २१:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। लगानीकर्ताहरुको लागि यो साता सेयर बजार खासै उत्साहप्रद हुन सकेन । साताको सुरुवाती कारोबार दिन देखि नै ओरालो लाग्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, युरो एकको

काठमाडौं । अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । शुक्रबार बसेको समितिको बैठकले मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको

काठमाडौं । आगामी आईतबार नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०