सुन काण्डका मुख्य अपराधी बचाउने कार्य भएको भन्दै कानून व्यवसायी विरोधमा

लोकपथ
959
Shares

काठमाडौं । स्वतन्त्र कानून व्यवसायीहरुले १५५ किलो सुन काण्डका मुख्य अपराधी बचाउने कार्य भएको भन्दै आक्र्रोशित बनेका छन् ।

शुक्रबार उक्त विषयलाई लिएर स्वतन्त्र कानून व्यवसायीहरुले महान्यायाधीवक्ताको कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् ।

कानून व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार १५५ किलो सुन काण्डका मुख्य अपराधी बचाउन र सोझा सीधा गरीबलाई थुनामा लिई प्रहरीले यातना दिएर बयान लिने गरेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

उनले भने, अनुसन्धान गर्दा प्रहरीले जथाभावी गर्ने र प्रतिवादीका वकिलहरुलाई नराख्ने जो दोषी छ, उस्लाई उन्मुक्ति दिने, जो निर्दोष छ उसलाई सताउने काम गरेको छ । यसले गर्दा न्याय सम्पादन कार्यमा असहजता भयो । सुन १०० केजी, १५० केजी आउन थाले भरिया पक्राउ पर्न थाले । ’

त्यसै गरि कानून व्यवसायी कमलमणि पोखरेलले अनुसन्धान अधिकारी प्रहरी कार्यलय भित्र हुँदा निर्दोष व्यक्तिले पनि सजाय भोग्न पर्ने अवस्था आएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?