काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले समय दिएको छ ।
शुक्रबार (आज) केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत उनीहरुलाई अदालतमा उपस्थित गराएको थियो ।
सोही अनुसार काजिअले अनुसन्धानका लागि थप ५ दिनको समय दिएको हो ।
त्यस्तै सोही मुद्दामा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश सुनाउने तयारी गरेको छ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित ४ जनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
त्यस्तै हदम्यादमा प्रश्न उठाउँदै १७ जनाका हकमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको भन्दै आफूहरुलाई पनि थुना बाहिर राखेर अनुसन्धान हुनुपर्ने उनीहरुको माग रहेको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा गत आइतबारदेखि लगातार बहस भइरहेको बिहीबार नै बहस सकिएकोमा अझै पनि आदेश आएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया