काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राज्यको ढुकुटीमा ८०० अर्व पैसा हुँदा हुँदै पनि राज्यसंग पैसा नै छैन भन्ने प्रवृति बढेको बताएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य लेखकले राज्यको ढुकुटीमा भएको रकमको ठोस सदुपयोग नभएको बताए ।
उनले भने ‘ आर्थिक क्षेत्रमा ठोस दृष्टिकोण पर्याएर छलफल गर्न आवश्यक छ । बजेटमा विकासका पूर्वाधारहरु अगाडि बढ्न नसकेको विकासको काम हुन नसकेको स्थिति छ । बजेटमा राजयसंग पैसा छैन भन्ने छ तर ८०० अर्व बैंकमा जम्मा भएको अवस्था छ । ८०० अर्व बैंकमा त्यतिकै बसिरहेको छ अनि हामी भन्छौं राज्यसंग पैसा छैन्, त्यसको उपयोग गर्छौ कसरी ? ’
केन्द्रीय सदस्य लेखकले आर्थिक क्षेत्रको विषयमा ठोस निर्णय लिएर अगाडि बढ्नु पर्ने बताए । पार्टी देश र जनताको लागि निमार्ण गर्नु पर्ने पनि उनको भनाइ थियो ।
राजनीतिक आर्थिक तथा समसामायिक विषयहरु प्रतिवेदनकै रुपमा नआए पनि ठोस निर्णयको रुपमा आउनु पर्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया